मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

माछापुच्छ्रे बैंकले भन्यो - ग्राहककै मोबाइलबाट कारोबार भएको देखियो, सिस्टममा समस्या छैन

बुधबार, जेठ १० २०८०
माछापुच्छ्रे बैंकले भन्यो - ग्राहककै मोबाइलबाट कारोबार भएको देखियो, सिस्टममा समस्या छैन

यस विषयमा प्रहरीबाट थप अनुसन्धान सुरु भइसकेको बैंकले जनाएको छ।

काठमाडौं- माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको आफ्नै मोबाइल बैंकिङबाट अन्यत्र ट्रान्सफर भएको पाइएको बैंकले जनाएको छ। बैंकले खाताबाट रकम हराएकोबारे स्पष्ट पार्दै आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको, ग्राहककै मोबाइलबाट कारोबार भएको देखिएको जनाएको हो।

बैंकले गरेको अनुसन्धानमा सबै रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरेको देखिएको जानकारी पनि बैंकले दिएको छ।

बैंकको सिस्टममा कुनै समस्या नभएको र बैंकबाट पठाइएका सबै एसएमएस, एक्टिभेसन कोड र ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएकाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराइ वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याइ उक्त कारोबार हुन नसक्ने बैंकले जनाएको छ।

यस विषयमा प्रहरीबाट थप अनुसन्धान सुरु भइसकेको बैंकले जनाएको छ।

ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्णरुपमा सुरक्षित रहेको पनि बैंकले स्पष्ट पारेको छ। मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन पनि बैंकले सबैलाई अनुरोध गरको छ।


प्रकाशित : बुधबार, जेठ १० २०८००६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend