बिहीबार , असोज ३ गते २०८१    
images
images

तोलामा पाँच रूपैयाँले घट्यो चाँदीको मूल्य, सुनको ६ सयले बढ्यो

images
बुधबार, जेठ १० २०८०
images
images
तोलामा पाँच रूपैयाँले घट्यो चाँदीको मूल्य, सुनको ६ सयले बढ्यो

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ३ सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला ८ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले बढेकाे हो।

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज पाँच रूपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ कायम छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम थियो भने चाँदीको मूल्य एक हजार ३ सय ६५ रूपैयाँ कायम थियो।

images


प्रकाशित : बुधबार, जेठ १० २०८००६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend