मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा, कुन प्रदेशमा कस्तो छ मौसम?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १० २०८०
images
images
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा, कुन प्रदेशमा कस्तो छ मौसम?

दिउँसो देशभर पूर्णतया बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ। 

images
images
images

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ।

images
images

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको प्रभावले बदली र वर्षा गराएको अहिले कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ।

images
images
images

दिउँसो देशभर पूर्णतया बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत समभावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ १० २०८००४:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend