मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सिटिजन्स बैंकका ग्राहकले न्यूरोडको रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट पाउने

मंगलबार, जेठ ९ २०८०
सिटिजन्स बैंकका ग्राहकले न्यूरोडको रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं- सिटिजन्स बैंकका ग्राहकहरुले न्यूरोडको रन्जना सिनेप्लेक्समा छुट पाउने भएका छन्। बैंकका कार्डवाहक ग्राहकहरूले रन्जना सिनेप्लेक्सको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउने भएका हुन्। छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले टिकट खरिदमा छुट पाउने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

 


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend