शनिबार, साउन १२ गते २०८१    
images
images
images

सवारी एसेम्बललाई दिइएको छुट सुविधा हटाउने हल्लापछि नाडाले भन्यो- छुट सुविधालाई निरन्तरता देऊ

images
मंगलबार, जेठ ९ २०८०
images
images
सवारी एसेम्बललाई दिइएको छुट सुविधा हटाउने हल्लापछि नाडाले भन्यो- छुट सुविधालाई निरन्तरता देऊ

यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पांग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन्। 

images

काठमाडौं- सरकारले सवारीसाधन एसेम्बल उद्योगलाई दिँदै आएको छुट कटौती गर्न लागेको हल्लापछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। 

images
images

नाडाले सरकारले चार पांग्रे सवारी एसेम्बलका लागि ल्याउने कच्च पदार्थमा दिँदै आएको छुट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट हटाउन लागेको हल्ला आएको जनाएको छ। नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गर्दै सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि निजीक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको उल्लेख गरेको छ। 

images

यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पांग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन्। 

नेपालमा केही चारपाँगे्र सवारी साधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु पनि खुल्ने क्रममा रहेका छन्। यसैक्रममा सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ उद्योगहरुलाई दिँदै आएको महशुलमा छुटलगायत नीतिगत सुविधाहरुलाई कटौती गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको जनाएको छ। 

images

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो। नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभइ नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुनगई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाले उल्लेख गरेको छ। एसेम्वली उद्योगहरुले औद्योगीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको नाडाको भनाइ छ। 

‘एउटा एसेम्बल उद्योगको कारण त्यससँग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने गर्दछ। अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ,’ नाडाले विज्ञप्तिमार्फत भनेको छ, ‘सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभइ नेपालको ओद्योगीकरणको दौड पनि अझै पछाडि पर्ने निश्चित नै छ।’

सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्देश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने दाबी नााडाको छ। 

एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्दछ। सरकारले तत्कालको समस्या अर्थात राजस्वलाई मात्र दृष्टिगतगरी नीति बनाउदा त्यसको दीर्घकालिन असरलाई समेत ध्यान दिनु पर्नेमा नाडाले सरकारको ध्यानाकर्षण गराएको छ। सरकारले यस्ता विभिन्न वस्तुगत तथ्यहरुलाई मनन गर्दै आउँदो बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस भन्ने नाडाको धारणा रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend