मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

विश्व बकैंले दिने १२० मिलियन डलर ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्‌का अन्य निर्णय

images
मंगलबार, जेठ ९ २०८०
images
images
विश्व बकैंले दिने १२० मिलियन डलर ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्‌का अन्य निर्णय

सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- सरकारले विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्ण गरेको हो।

images
images
images

यस्तै सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

images
images

मन्त्री शर्माका अनुसार सरकारले यही वर्षदेखि लागु हुने गरी असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय पनि गरेको छ। 

images
images
images

बैठकले परराष्ट्र मामिला प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको उनले जानकारी दिइन्। 

यस्तै, बैठकले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गरेको छ। यसले भन्सारसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि बाटो खुलेको उनले बताइन्।


प्रकाशित : मंगलबार, जेठ ९ २०८०११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend