मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

images
मंगलबार, जेठ ९ २०८०
images
images
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन्।

images
images

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

images
images
images

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सबै जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार अनुमति दिएको हो। 

images
images

यो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित हालसम्म १६ जनालाई पक्राउ गरेको छ। नेताद्वय खाँण र रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका हुन्। 

images
images
images

पक्राउ परेका १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। प्रहरीले झन्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार प्रतिवेदन बुझाएको हो।

३२ जना संलग्न रहेको निष्कर्ष निकाल्दै प्रहरीले केहीलाई राज्यविरुद्धको, ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा गरी तीन खालका मुद्दा चलाउन समेत प्रहरीले सिफारिस गरेको छ। थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ।

१ सय ६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेपछि यसमा अनुसन्धान सुरु भएको थियो।


प्रकाशित : मंगलबार, जेठ ९ २०८०११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend