आइतबार, जेठ ६ गते २०८१    
images
images

काठमाडौंमा सुरु भयो 'सम्पदा घुम्ती बस सेवा'

images
मंगलबार, जेठ ९ २०८०
images
images
काठमाडौंमा सुरु भयो 'सम्पदा घुम्ती बस सेवा'

पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले आजबाट काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरू गरिएको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचीमा सूचीकृत सम्पदाहरु पाटन दरबार स्क्वायर, काठमाडौंं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म 'सम्पदा घुम्ती बस सेवा'को परिक्षण सञ्चालन गरिएको हो।

images

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आज ललितपुरबाट सम्पदा घुम्ती बस  सेवाको शुभारम्भ गरेका हुन्।

images
images

बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए। उनले उपत्यकाको पर्यटन प्रर्वद्धनको लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परिक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए।

images
images

साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए।

पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ। जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक), महांकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिरस्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चोक, तारागाँउ संग्रहालय हुँदै बौद्ध पुग्नेछ।

यस्तै फर्किँदा तारागाँउ संग्रहालय, बौद्ध, चाबहिल चोक, नारायण गोपाल चोक, गोंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ। 


प्रकाशित : मंगलबार, जेठ ९ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend