मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

५२६ ग्राहकबाट साढे दुई करोड बक्यौता उठाउन बाँकी, २०६ ग्राहकको लाइन काटियो

images
मंगलबार, जेठ ९ २०८०
images
images
५२६ ग्राहकबाट साढे दुई करोड बक्यौता उठाउन बाँकी, २०६ ग्राहकको लाइन काटियो

एक लाख रूपैयाँभन्दा बढी विद्युत् महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन्।

images
images

नवलपुर- नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता दुई करोड ५१ लाख रूपैयाँभन्दा बढी पुगेको छ। चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम असुल गर्न बाँकी छ। 

images
images
images

कार्यालयका इन्जिनियर तिलकराम थनेतका अनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ। 'तीन महिना नाघेका ग्राहकबाट १० हजारदेखि १६ लाख रूपैयाँसम्म असुल गर्न बाँकी छ', उनले भने, 'पटक-पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन।' 

images
images

कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत् महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए। कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले १६ लाख १८ हजार रूपैयाँ बुझाउन बाँकी छ। लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काटिएको थनेतले बताए।

images
images
images

एक लाख रूपैयाँभन्दा बढी विद्युत् महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन्। विद्युत् प्राधिकरणले उनीहरुबाट एक करोड ४४ लाख बक्यौता असुल गर्न बाँकी छ।

लामो समयसम्म विद्युत् महसुल भुक्तानी नगर्ने ग्राहकको बत्ती काटिएको उल्लेख गर्दै थनेतले बक्यौता रकम तिरेपछि मात्र लाइन पुनः जडान गरिने जानकारी दिए। कार्यालयले महसुल नतिर्ने दुई सय छ ग्राहकको विद्युत् लाइन काटेको छ।  


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend