आइतबार, जेठ ६ गते २०८१    
images
images

नुवाकोटमा ७५ लाखका ६ योजना थपिए

images
मंगलबार, जेठ ९ २०८०
images
images
नुवाकोटमा ७५ लाखका ६ योजना थपिए

थप भएका ६ वटा योजनाका लागि ७५ लाख रूपैयाँ प्राप्त भएको छ।

images
images

त्रिशूली- जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गराउनका लागि ६ वटा योजना थप भएको छ। बागमती प्रदेश सरकारबाट नुवाकोटका लागि विभिन्न पाँचवटा सिँचाइ र एकवटा बस्ती संरक्षण गर्न थप योजनासहित बजेट प्राप्त भएको उक्त कार्यालयका प्रमुख हरिप्रसाद गुरागाईँले जानकारी दिए। 

images
images
images

उनका अनुसार थप भएका ६ वटा योजनाका लागि ७५ लाख रूपैयाँ प्राप्त भएको छ। 'थपिएका योजनाका सम्बन्धमा सम्बन्धित लाभग्राही उपभोक्ता किसानलाई जानकारी गराएर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन थालिएको छ', डिभिजन प्रमुख गुरागाईंले भने, 'थप भएको योजना तथा कार्यक्रम अत्यावश्यक देखिएका स्थान र मागअनुसार प्राप्त भएकाले लाभग्राही किसानलाई लाभ पुग्ने गरेर गुणस्तरीय काम गर्न/गराउन लाग्नेछौँ।'

images

थपिएका योजनामध्ये दुप्चेश्वरस्थित तादी बोक्से बसेरी सिँचाइ योजना, सूर्यगढीस्थित डुडेमुहान हुँदै बगुवा-चनौटे सिँचाइ योजना, विदुरस्थित शेराफाँट सिँचाइ योजना, किस्पाङस्थित अधेँरी सुकौने चमानीडाँडा कोकेगाउँ घलेगाँउ तल्लोखेत सिँचाइ योजना, बेलकोटगढीस्थित बालुवाबगर सिँचाइ योजना र लिखुस्थित चौघडाबजार तादी खोला संरक्षणको लागि थप बजेट प्राप्त भएको छ।

images
images

यसअघि बागमती प्रदेश सरकारबाट २६ करोड ५९ लाख एक सय ३० रूपैयाँ हाराहारिका योजना कार्यान्वयन रहेकामा यही आर्थिक वर्षभित्र कार्यान्वयन गराउन हाल नयाँ ६ वटा योजना थपिएको हो।

images
images

उक्त कार्यालयले चालु आर्थिक वर्षमा संघीय र प्रादेशिकसमेत गरेर ३३ करोड पाँच लाख रूपैयाँ बराबरका एक सय ५० योजना कार्यान्वयन गरिरहेको छ। नयाँ निर्माण, स्तरोन्नती तथा मर्मतसम्भारसहित नदी तथा खोलाले पुर्‍याएको कटान नियन्त्रण तथा जोखिममा परेको बस्ती संरक्षण, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जा, ऊर्जाको पुनःप्रयोग कार्यक्रमसहित आपतकालीन सेवाअन्तरगत तारजाली वितरणलगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। रासस


प्रकाशित : मंगलबार, जेठ ९ २०८००९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend