मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

कर्जाको ब्याजदर घट्दै जाने संकेतले सेयर बजारमा ५१ अंकको वृद्धि, कति बिन्दुसम्म पुग्ला?

मंगलबार, जेठ ९ २०८०
कर्जाको ब्याजदर घट्दै जाने संकेतले सेयर बजारमा ५१ अंकको वृद्धि, कति बिन्दुसम्म पुग्ला?

१८०७ को न्यूनतम बिन्दुसम्म ओर्लिएको बजार त्यसयता निरन्तर बढ्दो छ। पछिल्लो ६ दिनमै बजारले १९ सय पार गरेको हो।

काठमाडौं- बैंकहरुको ब्याजदर घट्ने संकतेसँगै सेयर बजारमा उभार देखिएको छ।

बैंकहरुमा तरलता पर्‍याप्त हुँदै गएको तथा साउनदेखि ब्याजदर ह्यात्यै घट्ने तथा सेयर धितोको ऋणमा समेत सहज हुने प्रक्षेपणसँगै सेयर बजारमा उत्साह देखिएको छ। लामो समयपछि मंगलबार १९०० बिन्दु पार गर्दै ५१.३१ अंकले बजार बढेको छ। मंगलबार बजार १९४२.६३ बिन्दुमा पुगेको छ। बजेट नजिकिँदै गएको तथा बैंकहरुले समेत ब्याजदर घट्दै जाने घोषणाले सेयर बजार लयमा देखिएको हो।

१८०७ को न्यूनतम बिन्दुसम्म ओर्लिएको बजार त्यसयता निरन्तर बढ्दो छ। पछिल्लो ६ दिनमै बजारले १९ सय पार गरेको हो।

सोमबार बैंकर संघले पत्रकारहरु माझ बैंकहरुको आधार दर घट्दै गएकाले कर्जाको ब्याजदर क्रमशः घट्ने बताएका थिए। जेठमा घटेको अब साउनसम्म कर्जाको ब्याजदर नै ११ प्रतिशतमा ओर्लिने अनुमान छ। 

राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर फेरबेदल गर्ने व्यवस्था गरेको छ। प्रत्येक तीन-तीन महिनामा समायोजन गर्न मिल्ने कर्जाको ब्याजदर अब आधार दर घटे हरेक महिना घट्छ। बैंकहरुले पछिल्लो तीन महिनाको औसत आधार दरलाई गणना गरी कर्जामा समायोजन गर्छन्। पछिल्लो तीन महिनाको औसत आधार दर पनि १०.४६ प्रतिशतमा ओर्लिसकेको छ।   

मंगलबार सेयर बजार २ अर्ब २० करोडको कारोबार हुँदा ६ लाख कित्ता सेयर किनबेच भएको छ। २१९ कम्पनीको सेयर मूल्य बढ्दा शिव्म सिमेन्टको मात्रै १० करोडको कारोबार भएको छ। 

आइतबार ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा पुगेको बजार सोमबार ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको थियो। १३३ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब २७ करोड ८७ लाख रूपैयाँको कारोबार भएको थियो। गएको साताको अन्तिम कारोबारदेखि सेयर कारोबार रकममा सुधार हुँदै गएको देखिन्छ।  


प्रकाशित : मंगलबार, जेठ ९ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend