मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

विद्युत् महसुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ६ सय ३९ ग्राहक कालोसूचीमा

images
मंगलबार, जेठ ९ २०८०
images
images
विद्युत् महसुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ६ सय ३९ ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले कालोसूचीमा परेकाबाट ९२ लाख ४७ हजार आठ सय ८८ रूपैयाँ असुल गर्नुपर्ने छ। आगामी असार मसान्तसम्म बक्यौता भुक्तानी गरे १० प्रतिशत छुट पाइने छ।

images
images

हेटौँडा- लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ६ सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

images
images
images

नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महसुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको हो।

images
images

केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म बक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ।

images
images
images

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इन्जिनियर सन्तोष चौहानले जानकारी दिए। कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार आठ सय ८८ रूपैयाा असुल गर्नुपर्ने छ। 

त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुंग मकवानपुरले महसुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ।  केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरुबाट एक करोड रकम उठ्न बाँकी रहेको बताए।


प्रकाशित : मंगलबार, जेठ ९ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend