काठमाडौं- एक सातादेखि लगातार बढीरहेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ। सोमबार कारोबार रकम बढे पनि नेप्से परिसूचकमा भने दोहोरो अंकको गिरावट आएको छ।
सोमबार १७.७५ अंकले घटेर २८१९.८७ बिन्दुमा आइपुगेको छ। सोमबार ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ। त्यस्तै १ करोड ३४ लाख कित्ता सेयर कारोबार भएको छ।
अधिकांश बैंकहरूले सोमबार तीन महिनाको विवरण सार्वजनिक गरेका छन्। आर्थिक विवरण अधिकांश बैंकहरूको नाफा बढे पनि सेयर बजारमा खासै प्रभाव भने परेको छैन।