मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सरकारको मनसाय बजेटमार्फत देखिनेछ : स्वर्णिम वाग्ले

मंगलबार, जेठ ९ २०८०
सरकारको मनसाय बजेटमार्फत देखिनेछ : स्वर्णिम वाग्ले

काठमाडौं- नीति तथा कार्यक्रममा व्यक्त भएका विषयहरू बजेटमा कहाँ कसरी समेटिन्छन् भन्ने विषयले सरकारको मनसाय स्पष्ट हुने सांसद स्वर्णिम वाग्लेले बताएका छन्। 

मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै वाग्लेले भने, 'अब बजेटमा छुट्याइने विभिन्न शीर्षक नीति तथा कार्यक्रमको कुन बुँदामा छ, कुनलाई आधार बनाएर बजेट बनाइयो, त्यसलाई हेरेर कुरा गरौँ नत्र त कालो अक्षरको थुप्रोमात्र हुनेछ।'

'जेठमा सुन्निएको अविश्वसनीय बजेट बनाउने र माघमा त्यसलाई चुपचाप साइजमा ल्याउने कामहरू भइरहेका छन्', उनले भने, 'यसपटक यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गर्दछु। किनभने सबै विषयहरू तथ्य तथ्यांकमा स्पष्ट नै छन्। त्यहीअनुसार सबै विचार गरेर काम गर्नुपर्छ।'

उनले अघि भने, 'कतै यो कर्मकाण्डमै सीमित भइरहेका त हामी छैनौँ? हामी पक्ष विपक्षममा तर्क गरिरहेका छौँ। एउटा पक्षले राम्रो र अर्को पक्षले नराम्रो भनिरहँदा हामी राष्ट्रिय स्वतन्त्र पार्टी निष्पक्ष रुपमा रचनात्मक र तर्कसंगत टिप्पणी गर्छौँ।'

नीति तथा कार्यक्रमबारे बोल्दा धेरै उत्ताउलोपन देखाउनुनपर्ने भन्दै उनले भने, 'कतै यो कर्मकाण्डलाई क्रमभंगतातिर लाने हो भने अलिकति मिल्नेगरी काम गर्नुपर्छ। सिद्धान्त तथा प्राथमिकता बजेटमा र नीति तथा कार्यक्रममा दोहोर्‍याएर पढिरहन जरुरी छैन। कन्टेन्टमा गएर बहस गरौँ।'

क्षेत्रगत लक्ष्यहरू हेर्दा सबै दलहरूको अपनत्व देखिएको भन्दै उनले भने, 'विषयमा त्यति विवाद गरिरहन जरुरी छैन। विकासको साझा रणनीतिमा भने ढिलाइ भइरहेको छ। हाम्रो खाँका भत्किएकोजस्तो देखिएको छ।'


प्रकाशित : मंगलबार, जेठ ९ २०८००७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend