मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

वित्तीय प्रणालीमा निक्षेप ५५ खर्ब पुग्यो, ऋण ४३ खर्ब नजिक

मंगलबार, जेठ ९ २०८०
वित्तीय प्रणालीमा निक्षेप ५५ खर्ब पुग्यो, ऋण ४३ खर्ब नजिक

काठमाडौं- वित्तीय प्रणालीको निक्षेप ५५ खर्ब रुपैयाँ पुगेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा ५५ खर्ब  निक्षेप पुगेको हो। यता ऋण लगानी ४८ खर्ब ५६ अर्ब पुगेको छ।

वाणिज्य बैंकहरूको निक्षेपमात्रै ४८ खर्ब ५१ अर्ब पुगेको छ भने ऋण प्रवाह ४२ खर्ब ९५ अर्ब पुगेको छ। सीडी रेसियो ८४.७४ प्रतिशतमा झरेको छ। योसँगै वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरूले असार मसान्तसम्म ऋण प्रवाहभन्दा पनि ऋण उठाउने नीति लिएसँगै सीडी रेसियो घटेको हो। बैंकहरू अहिले नै झन्डै ३ खर्ब ऋण प्रवाह गर्न सक्ने अवस्थामा रहेका छन्। 

यसले बैंकहरूले झन्डै ३ खर्ब लगानी सक्ने अवस्थामा रहेका छन्। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ ९ २०८००४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend