मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

डेढ दशकपछि जारी भयो ब्रोकर लाइसेन्स, पहिलो चरणमा ७ कम्पनीलाई अनुमति

सोमबार, जेठ ८ २०८०
डेढ दशकपछि जारी भयो ब्रोकर लाइसेन्स, पहिलो चरणमा ७ कम्पनीलाई अनुमति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले सात कम्पनीलाई पहिलो चरणमा लाइसेन्स दिएको छ।

बोर्डको प्राविधिक समितिले आज सोमबार पूर्वाधारको निरिक्षणपछि बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो। बोर्डले १५ वर्षपछि नयाँ लाइसेन्स जारी गरेको हो। 

लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज लि, क्यापिटल म्यास सेक्युरिटिज लि, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रा.लि, सेयरप्रो सेक्युरिटिज प्रा.लि र प्रोपर्टी विर्जाड लि रहेका छन्। 

धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीले पूर्वस्वीकृती (एलओआई) पाएका थिए। थप कम्पनीलाई पनि क्रमिक रूपमा लाइसेन्स दिँदै जाने बोर्डले जनाएको छ।


प्रकाशित : सोमबार, जेठ ८ २०८०१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend