मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकहरूको नाफा घटेसँगै आयकरमा धक्का‍

साउनयता ३ खर्ब निक्षेप बढ्दा सीडी रेसियो घटेको घट्यै

मंगलबार, जेठ ९ २०८०
बैंकहरूको नाफा घटेसँगै आयकरमा धक्का‍

नाफा घटेसँगै सरकारलाई बुझाउने आयकर समेत घटेको छ। बैंकहरूले तेस्रो त्रैमाससम्म १९ अर्ब ९९ करोड ७५ लाख ७५ हजार रूपैयाँ बुझाएका छन्। गत वर्ष सोही अवधीमा २१ अर्ब १६ करोड ६० लाख ४ हजार रूपैयाँ बुझाएका थिए भने आर्थिक २०७७/७८ मा पनि २१ अर्ब ९१ करोड २० लाख रूपैयाँ रहेको छ।

काठमाडौं- वाणिज्य बैंकहरूको नााफा घटेसँगै सरकारलाई बुझाउने आयकरमा समेत असर गरेको छ। बैंकहरूले तेस्रो त्रैमासमा ४८ अर्ब १८ करोड ६३ लाख ३४ हजार रूपैयाँ नाफा गरेका छन्। तर गतवर्ष सोही अवधीमा ५१ अर्ब १ करोड ७८ लाख २० हजार रूपैयाँ नाफा गरेको थियो। 

नाफा घटेसँगै सरकारलाई बुझाउने आयकर समेत घटेको छ। बैंकहरूले तेस्रो त्रैमाससम्म १९ अर्ब ९९ करोड ७५ लाख ७५ हजार रूपैयाँ बुझाएका छन्। गत वर्ष सोही अवधीमा २१ अर्ब १६ करोड ६० लाख ४ हजार रूपैयाँ बुझाएका थिए भने आर्थिक २०७७/७८ मा पनि २१ अर्ब ९१ करोड २० लाख रूपैयाँ रहेको छ।

‘नाफा खुम्चिएपछि आयकर समेत घटेको हो, नाफा अझै घट्ने देखिन्छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। पछिल्लो समय ठूलो पैसा प्रोभिजन गर्नु परेकोले नाफामा असर गरेको बताउँछन्। 

income.JPG

बैंकहरूको पछिल्लो समय खराa कर्जा बढ्दा नाफामा असर गरेको छ। ‘यो वर्ष दशक यताकै धेरै खराब कर्जा बढेको अब विस्तार थामिने चरणमा छ,’ केसीले भने।

बैंकहरूको तेस्रो त्रैमाससम्म ३.०३ प्रतिशतले निष्कृय कर्जा बढेको छ। बैंकहरूको दोस्रो त्रैमाससम्म २.३५ प्रतिशत रहेको थियो। पहिलो त्रैमासमा १.७५ प्रतिशत रहेको थियो। ‘हाम्रो खराa कर्जा उद्योगहरू बन्द भएर बढेको होइन, केही चेनमा समस्या मात्रै आएकोले असर पर्दैन,’ अध्यक्ष केसीले भने। 

बेस रेट थामियो

गत साउन देखिनै लगातार बढेको आधारदर अहिले थामिएको छ। साउनमा ९.२७ प्रतिशत रहेको आधारदर पुससम्म १०.९१ प्रतिशत पुगेको थियो। माघपछि पुनः घट्न थालेको थियो। अहिले बैशाख मसान्तसम्म घटेर १०.२७ प्रतिशतमा आएको छ। ‘यो आधारदर अब घट्दै जाने हो, राष्ट्र बैंकको नीतिले पनि अब मासिक रुपमा प्रभाव देखिन्छ,’ केसीले भने। 

base.JPG

सीडी रेसियो ओरोलोमा

निक्षेप नआएपछि ऋणको दबाबमा परेका बैंकहरूको निक्षेप र ऋण (सीडी) रेसियो साउनमा बढेर ८८.०७ प्रतिशतसम्म पुगेको थियो। त्यसयता निक्षेप बढ्दै गएपछि सीडी रेसियो ८८.८४ प्रतिशतसम्म झरेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको रेसियो रहेको छ। यो अनुसार बैंकहरूमा लगानीयोग्य रकम प्रयाप्त रहेको देखिन्छ। 

cd 1.JPG
undefined

साउन यता निक्षेप ३ खर्ब थपियो

साउनयता बैंकहरूमा २ खर्ब ९९ अर्ब निक्षेप थपिएको छ। तर ऋण लगानी भने १ खर्ब २३ अर्ब ५९ करोड मात्रै भएको छ। पछिल्लो समय बजारनै मन्दी तर्फ देखिएपछि ऋणको मागै कम भएको समेत देखिएको छ।

साउनमा १ खर्ब ८ अर्ब घटेको निक्षेप त्यसयता भने लगातार बढेको छ। भदौमा ५२ अर्ब थपिएको निक्षेप पुसमा ९५ अर्ब ४८ करोड रूपैयाँ थपिएको थियो भने बैशाख १३ अर्ब थपिएको थियो। ‘बैशाखमा कम भएपनि पुनः जेठमा निक्षेप आउने देखिएको छ,’ अध्यक्ष केसीले भने। जेठको पहिलो सातानै बैंकहरूमा १२ अर्ब निक्षेप थपिएको छ। 

diposit.JPG


प्रकाशित : मंगलबार, जेठ ९ २०८००२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend