आइतबार, जेठ ६ गते २०८१    
images
images

रिक्त भयो महालेखा परीक्षक, एक महिनाअघि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन

images
सोमबार, जेठ ८ २०८०
images
images
रिक्त भयो महालेखा परीक्षक, एक महिनाअघि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन

व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव भएको प्राथमिकता योग्यता रहेको छ। 

images
images

काठमाडौं- महालेखा परीक्षक टंकमणि शर्मा कार्यकाल सकिएर बिदा भएका छन्। छ वर्षे कार्याकाल पूरा भएपछि आइतबारदेखि शर्मा बिदा भएका हुन्। शर्मा बिदा भएसँगै संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय नेतृत्वविहीन भएको छ। 

images
images
images

संवैधानिक व्यवस्थाअनुसार महालेखा परीक्षक नियुक्ति नहुँदा नेतृत्वविहीन भएको हो। संविधानअनुसार महालेखा परीक्षकसहितका संवैधानिक प्रमुखको पद रिक्त हुनुभन्दा एक महिना पहिले नै नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ। 

images

संविधानको धारा २८४ को ३ को व्यवस्थाअनुसार संवैधानिक परिषदले न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ। 

images
images

परिषदको सिफारिसको आधारमा राष्ट्रपतिले नियुक्त गर्नुपर्छ। परिषदको सिफारिसपछि संसदीय सुनुवाइ हुँदै राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ। 

images
images

संविधानमा प्रष्ट रुपमा एक महिनअअघि नै नियुक्त गर्नुपर्ने भन्दै गरेको व्यवस्थाको उल्लंघन गर्दै सरकारले महालेखा परीक्षक नियुक्तिको प्रक्रियासमेत सुरु गरेको छैन।

छ वर्षको कार्यकाल हुने महालेखा परीक्षकका लागि संविधानमा योग्याता निर्धारण गरिएको छ। 

व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव भएको प्राथमिकता योग्यता रहेको छ। 

त्यस्तै राजनीतिक दलको सदस्यमा बहाल नरहेको, ४५ वर्ष उमेर पार गरेको जस्ता योग्याता चाहिन्छ। 


प्रकाशित : सोमबार, जेठ ८ २०८०१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend