मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, बन्नेछ २१ अर्ब ६५ करोड चुक्ता पुँजीको 'लक्ष्मी सनराइज बैंक'

सोमबार, जेठ ८ २०८०
लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, बन्नेछ २१ अर्ब ६५ करोड चुक्ता पुँजीको 'लक्ष्मी सनराइज बैंक'

काठमाडौं- दुई ठूला वाणिज्य बैंक लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ। सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदन आएपछि दुबै बराबरी हैसियतमा गाभिने पक्का भएको हो। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ।

प्रारम्भिक सम्झौता हुँदा दुवै बैंकबाट दुई/दुई जना हुने गरी मर्जर समिति बनाइएको थियो। मर्जरपछिको बैंकमा प्रमुख कार्यकारी लक्ष्मी बैंकका अजयबिक्रम शाह हुनेछन्। सञ्चालक समितिमा लक्ष्मीबाट तीन र सनराइजबाट तीनजना प्रतिनिधि हुनेछन्। एकजना स्वतन्त्र सञ्चालक लक्ष्मी बैंक पक्षले नियुक्त गर्ने सहमति छ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रूपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रूपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। 


प्रकाशित : सोमबार, जेठ ८ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend