आइतबार, भदौ २३ गते २०८१    
images
images

गभर्नर अधिकारी भन्छन्- सेयर धितोमा ४ र १२ को सीमाले साना लगानीकर्तालाई अवसर

images
सोमबार, कात्तिक १५ २०७८
images
images
गभर्नर अधिकारी भन्छन्- सेयर धितोमा ४ र १२ को सीमाले साना लगानीकर्तालाई अवसर

ठूलो र धेरै कारोबार गर्न चाहने केही व्यक्तिले यो विषयलाई फरक ढंगले उचालेको समेत गर्भनर अधिकारीले आरोप लगाएका छन्। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयरको कर्जामा राखिएको ४ र १२ को सीमा राख्ने नीतिले साना लगानीकर्तालाई अवसर आएको बताएका छन्।

images
images
images

राष्ट्र बैंकको मौद्रिक नीतिले व्यक्तिको हकमा ४ करोड र पारिवारिक रुपमा १२ करोड रुपैयाँको कर्जाको सीमा तोकेको थियो। 

गभर्नर अधिकारीले राष्ट्र बैंकले सेयर बजारको नियमन नगर्ने तर बैंकिङ स्थिरताका विषयमा मात्र हेर्ने समेत बताए। ‘सेयर बजार संवेदनशील हो, लोनको भ्यालु ६५ बाट ७० बनाउँदा १८ खर्ब पनि थिएन, तर  ४० खर्ब पुग्दा यो नीति आएको हो,’ अधिकारीले भने।

यो नीतिले सेयर बजारलाई स्थायित्व दिने दावीसमेत अधिकारीले गरेका छन्। सेयर धितो राखेर अहिले ठूलो ऋण लिने थोरैमात्र भएको बताउँदै अधिकारीले ४ र १२ को सीमा बनाएको समेत बताए। 

images

‘धेरै रकम एकै क्षैत्रमा नजाओस् भनेर ल्याएका हौँ, यो असल नियतबाट आएको हो,’ अधिकारीले भने। ठूलो र धेरै कारोबार गर्न चाहने केही व्यक्तिले यो विषयलाई फरक ढंगले उचालेको समेत गभर्नर अधिकारीले आरोप लगाएका छन्। 


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend