आइतबार, जेठ ६ गते २०८१    
images
images

नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, तीन खालका मुद्दा चलाउन राय

images
सोमबार, जेठ ८ २०८०
images
images
नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, तीन खालका मुद्दा चलाउन राय

यो प्रकरणमा प्रहरीले नेताद्वय खाँण र रायमाझीसहित हालसम्म १६ जनालाई पक्राउ गरेको छ। 

images
images

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। 

images
images
images

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा पारी करोडौँ ठगी गरेको विषयमा प्रहरीले झन्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार प्रतिवेदन बुझाएको हो।

images

प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित ३२ जना संलग्न रहेको निष्कर्ष निकाल्दै प्रहरीले केहीलाई राज्यविरुद्धको, ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा गरी तीन खालका मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ। 

images
images

यो प्रकरणमा प्रहरीले नेताद्वय खाँण र रायमाझीसहित हालसम्म १६ जनालाई पक्राउ गरेको छ। नेताद्वय खाँण र रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका हुन्। 

images
images

पक्राउ परेका सबै जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन्। यो प्रकरणमा थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ।

यस घटनामा १ सय ६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको थियो। 


प्रकाशित : सोमबार, जेठ ८ २०८००८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend