मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लक्ष्मी र सनराइज बैंकको अन्तिम मर्जर सम्झौता, स्वाप रेसियो बराबर

सोमबार, जेठ ८ २०८०
लक्ष्मी र सनराइज बैंकको अन्तिम मर्जर सम्झौता, स्वाप रेसियो बराबर

बैंकको सीईओ लक्ष्मी बैंकका अजय विक्रम शाह हुने सहमति भएको छ। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ।

काठमाडौं- दुई ठूला वाणिज्य बैंक लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने अन्तिम सम्झौता हुने भएको छ। दुई बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो। 

प्रारम्भिक सम्झौता हुँदा दुवै बैंकबाट दुई/दुई जना हुने गरी मर्जर समिति बनाइएको थियो। लक्ष्मी र सनराइज बैंक बराबरी हैसियत अर्थात १ः१ को स्वाप सेयर आदन प्रदान अनुपातमा गाभिने गरी सम्झौता हुन लागेको हो।

बैंकको सीईओ लक्ष्मी बैंकका अजय विक्रम शाह हुने सहमति भएको छ। 

मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रूपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रूपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। 


प्रकाशित : सोमबार, जेठ ८ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend