मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एभरेष्ट बैंकले भन्यो - हिनामिना भएको डेढ करोड रकम ग्राहकको खातामा फिर्ता भइसक्यो

सोमबार, जेठ ८ २०८०
एभरेष्ट बैंकले भन्यो - हिनामिना भएको डेढ करोड रकम ग्राहकको खातामा फिर्ता भइसक्यो

कर्मचारीले हिनामिना गरेको भनिएको रकम चैत २२ गते नै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको बैंकले जनाएको छ।

काठमाडौं- बैंकका कर्मचारीको मिलेमतोमा ग्राहकको खाताबाट चोरी भएको भनिएको रकम एभरेष्ट बैंकले सम्बन्धित ग्राहकको खातामा जम्मा भएको जनाएको छ। बैंकले विज्ञप्ति जारी गर्दै कर्मचारीले हिनामिना गरेको भनिएको रकम चैत २२ गते नै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको जनाएको हो।

‘केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृतरूपले रकमान्तर गरेकाले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोध भर्ना गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको थियो,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा २०७९ को चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको समेत बैंकले जनाएको छ। आफ्ना ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको बैंकले जनाएको छ ।

‘हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौँ। साथै सामाजिक सञ्जालमा प्रकाशित यी र यस्ता भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहक महानुभावहरू तथा सरोकारवालाहरू समक्ष हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बैंकको इटहरी शाखाबाट ग्राहकको खाताबाट अनधिकृतरूपमा रकम रकमान्तर गरेको आरोपमा निरज प्रधानलाई चैत २२ गते पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धान गरिरहेको प्रहरीले बैंकका थप ६ जना कर्मचारी र बाह्य दुई जनालाई शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूले ३३ जना ग्राहकको अकाउन्टबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी गरेको प्रहरीले प्रहरीले जनाएको छ।

everest 11.jpg


प्रकाशित : सोमबार, जेठ ८ २०८००७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend