आइतबार, जेठ ६ गते २०८१    
images
images

वर्षमा दुई सेसन सञ्चालन गर्नेगरि १००/१०० सिट दिने व्यवस्था गर्न निजी मेडिकल कलेज सञ्चालकहरुको माग

images
सोमबार, जेठ ८ २०८०
images
images
वर्षमा दुई सेसन सञ्चालन गर्नेगरि १००/१०० सिट दिने व्यवस्था गर्न निजी मेडिकल कलेज सञ्चालकहरुको माग
images
images

प्राइभेट मेडिकल कलेज सञ्चालकको संस्थाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, दुई सिफ्टमा चिकित्सा शिक्षा अध्ययन गराउने अनुमति माग

images
images
images

काठमाडौं- एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले वैज्ञानिक ढंगले शिक्षणा शुल्क र सिट संख्या निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउँदै चिकित्सा विधाका सम्पूर्ण कार्यक्रमलाई दुई सेसनमा सञ्चालनको व्यवस्था गर्न माग गरेको छ।

images

एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गरी कलेजहरुको पूर्वाधार र सेवा सुविधाका आधारमा वर्षमा २ सेसन सञ्चालन गर्ने गरी अधिकतम १००/१०० सिट दिने व्यवस्था गर्न माग गरेका हुन्।

images
images

दुई वटा सेसनमा सञ्चालन भएमा सरकारी स्तरबाट मात्र नभइ निजी लगानीमा सञ्चालित मेडिकल कलेजहरुले सञ्चालन गरेका अस्पतालबाट समेत न्यूनतम शुल्कको आधारमा नागरिकको उपचार गर्न सकिने उल्लेख छ। 

images
images

हरेक वर्ष ४० हजारको संख्यामा मेडिकल शिक्षा पढ्न चाहनेहरूको आवेदन पर्ने तर सात हजार ६ सय ५९ जनाले मात्र अध्ययन गर्ने अवसर पाउने गरेको भन्दै समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरिएको छ।

नेपालमा निजी कलेजहरूले अनुमति नपाउँदा हरेक वर्ष १५ सय विद्यार्थीहरूले मेडिकल शिक्षाका लागि बाहिरिइरहेको उल्लेख गरिएको छ। प्रेस नोटमा दाबी गरिए अनुसार विदेशमा अध्ययन गर्न जाँदा हरेक वर्ष १५ अर्ब रूपैयाँ विदेशिने गरेको संस्थाका अध्यक्ष प्रा डा ज्ञानेन्द्र विक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित : सोमबार, जेठ ८ २०८००७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend