शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव सम्पन्न

images
images
images
महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव सम्पन्न

आइतबार विभिन्न कार्यक्रम आयोजना गरी २९औँ वार्षिकोत्सव सम्पन्न गरिएको बैंकले जनाएको छ। 

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडको २९औँ वार्षिकोत्सव सम्पन्न भएको छ। आइतबार विभिन्न कार्यक्रम आयोजना गरी २९औँ वार्षिकोत्सव सम्पन्न गरिएको बैंकले जनाएको छ। 

images
images
images

वार्षिकोत्सवको अवसरमा आफ्ना एक सय तीन वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु गर्नुका साथै २९ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ श्रृंखला २ लगायतका कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ। 

images

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपालीमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

images

images

प्रकाशित : आइतबार, जेठ ७ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस