शनिबार, वैशाख ८ गते २०८१    
images
images

पुरानो आइसर बिक्रेताको मूल्यांकन कति भयो? बतास एमएडब्लू कमर्सियल भेहिकलले हाँक्ने छ आइसर

मूल्यांकनको आधार गाडी र पार्टसको स्टक, उठाउन बाँकी पैसा

images
images
पुरानो आइसर बिक्रेताको मूल्यांकन कति भयो? बतास एमएडब्लू कमर्सियल भेहिकलले हाँक्ने छ आइसर

पुराना आधिकारिक बिक्रेताले बनाएका डिलर तथा त्यसका संरचनालाई नयाँ कम्पनी बतास एमएडब्लू कमर्सियल भेहिकलले उपयोग गर्ने छ। 

images
images

काठमाडौं- आइसरका सवारी बतास एमएडब्लू कमर्सियल भेहिकलले औपचारिक रुपमा बिक्री गर्ने तयारी गरिरहेको छ। यसअघिको आधिकारिक बिक्रेता इस्टर्न एजेन्सीले नयाँ कम्पनीमार्फत बिक्री गर्ने तय गरेको हो। सोहीअनुसार उक्त कम्पनीले नयाँ साझेदारको रुपमा एमएडब्लू समूहलाई भित्र्यायो र नयाँ कम्पनी बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालि बन्यो। 

images
images
images

योसँगै यसअघिको आधिकारिक बिक्रेता इस्टर्न एजेन्सी प्रालि बन्द गरेर नयाँ कम्पनी बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालिमार्फत भोल्भो आइसरका ट्रक तथा बसलगायत कमर्सियल सवारी बिक्री हुने भएका छन्। नयाँ कम्पनीले आइसरका सवारीका औपचारिक कारोबार र बिक्रीको घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। 

images

बतास अर्गनाइजेसनले एमएडब्लू समूहसँगको सहकार्यमा नयाँ कम्पनी स्थापना गरेर भोल्भो आइसर इन्डिया प्रालिले उत्पादन गरेका सवारीसाधन नेपाली बजारमा बिक्री गर्न सहमत भएका थिए। दुई समूहबीच लामो समयसम्म चलेको छलफलपछि सेयर हिस्सा ५१-४९ (६०-४० वा थपघट) रहने गरी नयाँ कम्पनीमार्फत भोल्भो आइसरका सवारी बिक्री गर्नेगरी नयाँ कम्पनी बनेर पुराना कम्पनीसँग रहेको स्कटरलगायतको मूल्यांकनसमेत सकिएको छ। नयाँ कम्पनीमा बहुमत सेयर भने एमएडब्लू समूहको रहेको छ।  

images

पहिलेको आइसरको बिक्रेता कम्पनीको मूल्यांकन १ अर्ब १० करोड ७१ लख ७५ हजार ९ सय ७७ रुपैयाँ ६१ पैसा (११०७१७५९७७.६१) बराबर भएको छ। बतास अर्गनाइजेसन र एमएडब्लू ग्रुपको सहमतिमा तोकिएको लोखापरीक्षकबाट स्वतन्त्र मूल्यांकन गरिएको थियो। 

images
images

एउटा समयलाई 'कटअफ डेट'लाई आधार मानेर त्यसयताको उठाउन बाँकी पैसासमेतलाई आधार मानेर मूल्यांकन गरिएको हो। नयाँ कम्पनी बनाउन दुई समूहबीच भएको सम्झौताको मितिभन्दा ८ महिनाअघिसम्म भएको बिक्रीको उधारो नयाँ कम्पनीमा समाहित गरिने छ।

त्यसअघिको उठ्न बाँकी रकम भने पुरानै कम्पनीको हिस्सा हुनेछ। मूल्यांकनका क्रममा पुराना आधिकारिक बिक्रेता कम्पनीसँग रहेको गाडी तथा स्पेयर पार्टसको स्कट पनि समावेश गरिएको छ। ‘सुनौली भन्सार रहेको ३ सय २६ वटा आइसरका बस/ट्रक र नेपालमा रहेका ३० वटा गाडीको स्टकलाई समावेश गरिएको छ,’ स्रोतले भन्यो, ‘त्यस्तैगरी आइसर ब्रान्डको ४५ वटा जेनेरेटर, उठ्न बाँकी पैसा र स्पेयर पार्टसलाई आधार मानेर मूल्यांकन गरिएको हो।’ पुराना आधिकारिक बिक्रेताले बनाएका डिलर तथा त्यसका संरचनालाई नयाँ कम्पनी बतास एमएडब्लू कमर्सियल भेहिकलले उपयोग गर्ने छ। 

त्यसैगरी इन्टर्न एजेन्सीको पुरानो उठ्नबाँकी रकम उठाउनका लागि एक वर्षसम्म नयाँ कम्पनीको रिकभरी टिमले काम गर्ने छ। त्यसपछि पनि रकम उठ्न नसकेमा अर्को निर्णय लिइने योजनामा दुवै पक्ष सहमत भएका छन्।  

बतास अर्गनाइजेसन र एमएडब्लू समूहबीच सहमतिमै नयाँ कम्पनी बनाएर कम्पनीको पुनर्संरचना गर्दै नयाँ तवरबाट व्यवसाय गर्ने सहमति भएको थियो। सोहीअनुसार पुरानो आधिकारिक बिक्रेता कम्पनी इस्टर्न मोटर्सले भोल्भो आइसर इन्डिया प्रालिलाई नयाँ कम्पनीमार्फत आइसरका गाडी नेपालमा बिक्री हुने पूर्वजानकारी गराइसकेको थियो। यसरी कम्पनी पुनर्संरचना गर्दा प्रिन्सिपल कम्पनीबाट पूर्वस्वीकृति नलिइ गरेमा समस्या पर्ने गरेको छ। 

आइसरका गाडी बिक्री गर्ने बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालिको अध्यक्षमा विष्णुकुमार अग्रवाल र कम्पनीको सञ्चालन हेर्नेगरी एमडीमा शान्तराज बतास रहने गरी कम्पनीको संरचना तयार गरिएको छ। सकेसम्म नयाँ कम्पनीमा पुराना कर्मचारीलाई स्थान दिइनेछ। नयाँ कम्पनीको सीईओमा भने विष्णु अग्रवालले नयाँ व्यक्तिलाई नै ल्याउने चाहेका छन्। 

हाललाई बतास एमएडब्लू कमर्सियल भेहिकलको कार्यालय टंगालमै रहने भएको छ। बतास अर्गनाइजेसनले अटोमोबाइलका साथै हस्पिटालिटी, कृषि, हस्पिटललगात क्षेत्रमा लगानी गर्दै आएको छ। त्यस्तै एमएडब्लू समूहले अटोमोबाइलमा यामाहा, जिप तथा फियाट, स्कोडा, जेसीबीका निर्माण उपकरणलगायतको व्यवसाय गर्दै आएको छ।

बतास अर्गनाइजेसन र एमएडब्लूबीच यसरी बिजनेस साझेदारी भएको यो पहिलो भने होइन। यसअघि दुई समूहबीच फियाट क्रइसलर अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेतामा पनि साझेदारी भएको थियो, जुन अहिले पनि कायम रहेको छ। 

एमएडब्लू समूह प्रत्यक्ष रुपमा कमर्सियल सवारीको व्यवसायमा पहिलो पटक प्रवेश गरेको हो। यसअघि मोटरसाइकल तथा स्कुटर, कार र निर्माण उपकरणको बिक्री गर्दै आएको थियो। एमएडब्लू भृद्धि नामक कम्पनीबाट भने कमर्सियल सवारीको व्यवसाय गरेपनि उक्त कम्पनीको प्रत्यक्ष भूमिकामा विष्णुकुमार अग्रवाल छैनन्। 

बतास एमएडब्लू कमर्सियल भेहिकलमार्फत एमएडब्लू समूहको प्रवेशसँगै आइसरका सवारीको बजार हिस्सा बढ्ने अनुमान गरिएको छ। यसले नेपाली कमर्सियल सवारीको बजारलाई थप प्रतिस्पर्धी बनाउने देखिन्छ। तर एक वर्षभन्दा बढी समयदेखि तलरता अभाव, ठप्प प्रायः रहेको निर्माणको कामलगायत करणले कमर्सियल सवारीको समेत व्यापार नगन्य रहेको छ। यो विषयमा भने कम्पनीका लागि चुनौती बन्न सक्छ।  

कमर्सियल गाडीमा एमएडब्लू समूहको प्रवेश : भोल्भो आइसरका सवारी अब ‘बतास एमएडब्लू’ले बिक्री गर्ने कमर्सियल गाडीमा एमएडब्लू समूहको प्रवेश : भोल्भो आइसरका सवारी अब ‘बतास एमएडब्लू’ले बिक्री गर्ने

images

प्रकाशित : बुधबार, जेठ १७ २०८०११:२८

प्रतिक्रिया दिनुहोस