शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

निर्माणको ३५ वर्षपछि बनेपा बसपार्क सञ्चालनको तयारी

images
आइतबार, जेठ ७ २०८०
images
images
निर्माणको ३५ वर्षपछि बनेपा बसपार्क सञ्चालनको तयारी

हाल बसपार्कमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व-पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुबाहक बस तथा टिपर पार्किङ गर्दै आइएको छ।

images
images

काभ्रे- निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ। यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ।

images
images
images

चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको संख्या बढ्न थालेपछि बनेपा नगरपालिका- ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो। 

मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा निर्माण गरिएको बसपार्क २०४९ मा पक्की बनाइएको थियो। बसपार्क निर्माणसँगै नगरले दायाँबायाँ सटर-कवल बनाइ होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ।

images

हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि यही जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याउन लागिएको हो। यसअघि बनेपा चारदोबाटोस्थित सडकछेउमा यात्रुबाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो। बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालनबारे नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा यातायात व्यवसायी तथा यातायात मजदुर संगठनका प्रतिनिधिसहित बसेको बैठकले बसपार्क सञ्चालनको निर्णय गरेको छ।

images

'लामो समय सञ्चालनमा नआएको बसपार्क जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याइनेछ, त्यसका लागि छलफलपछिका आवश्यक प्रक्रियासमेत भइरहेको छ', शाक्यले भने।

बैठकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुबाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई आवश्यक कार्ययोजनासहितको व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ। 

बसपार्क सञ्चालनार्थ सवारी चाप व्यवस्थापन गर्न अरनिको राजमार्ग बनेपा सडकखण्डअन्तर्गत हाललाई बसपार्क प्रवेश गर्ने पश्चिमतर्फको प्रवेश मार्गदेखि तीन दोबाटोसम्म र चाँदनी चोकदेखि चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्राक खाली गराई सोही ट्र्याकबाट बस चलाउने निर्णयसमेत भएको छ।

हाल बसपार्कमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व-पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुबाहक बस तथा टिपर पार्किङ गर्दै आइएको छ। मध्यपहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्रका रुपमा अवस्थित बनेपालाई यातायात नगरीको नामलेसमेत चिनिने गरिन्छ। रासस


प्रकाशित : आइतबार, जेठ ७ २०८०११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend