मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सर्किट, एकैदिन प्रतिकित्ता १२८२ रूपैयाँले बढ्यो

आइतबार, जेठ ७ २०८०
राष्ट्रिय बीमा कम्पनीको  सेयर मूल्यमा सर्किट, एकैदिन प्रतिकित्ता १२८२ रूपैयाँले बढ्यो

साधारण सभा आह्वान गर्दै बुक क्लोजको मिती तोकिएसँगै सेयर मूल्य बढेको छ।

काठमाडौं- राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १० प्रतिशत सेयर मूल्य बढ्दा एकैदिन प्रतिकित्ता १२८२.५० रुपैयाँले बढेर १४ हजार १०७ रुपैयाँ ५० पैसा पुगेको छ।

साधारण सभा आह्वान गर्दै बुक क्लोजको मिती तोकिएसँगै सेयर मूल्य बढेको छ। लामो समय सम्म साधारण सभासमेत हुन नसकेको कम्पनीले साधारण सभा गर्दैछ। आइतबार कम्पनीको ३ हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री भएको छ। 

लगानीकर्तालाई लाभांशबिनै वार्षिक साधारण सभा बोलाएपनि सेयर मूल्य बढेको छ। कम्पनीले जेठ ३१ गते,अपरान्ह ११ बजे, कम्पनीले ३१ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले राष्ट्रिय बीमा कम्पनी लि (साबिकको राष्ट्रिय बीमा संस्थान) (निर्जीवन बीमा विभाग) को आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७०, आर्थिक वर्ष २०७०/७१ गरी ३ वर्ष र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२, आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

उक्त आर्थिक वर्षहरुको लेखा परीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणहरु पनि छलफल गरी पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ। 


प्रकाशित : आइतबार, जेठ ७ २०८००९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend