बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

१० महिनामा रोजगारीका लागि विदेशिनेको संख्या गत आवको भन्दा बढी

images
आइतबार, जेठ ७ २०८०
images
images
१० महिनामा रोजगारीका लागि विदेशिनेको संख्या गत आवको भन्दा बढी
फाइल तस्बिर

बैशाखमा बाहिरिनेको संख्या भने ५४ हजार ४ सय ५७ रहेको छ। यो नै चालु आवको १० महिनामा सबै भन्दा कम युवा विदेशिएको महिना हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा रोजगारीका लागि विदेशिनेको संख्या बढेको छ।

images
images

गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा यो चालु आवको १० महिनामा विदेशिनेको संख्या बढी रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट रोजगारीका लागि विदेशिने नेपालीको संख्या साढे ६ लाखभन्दा बढी छ। १० महिनामा ६ लाख ५६ हजार ६ सय १० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत लिएको विभागको तथ्यांकले देखाएको छ।

images
images

चालु आर्थिक वर्ष २०७९/०८० को १०  महिना (साउन-बैशाख) नयाँ कामका लागि म्यानपावरमार्फत ३ लाख ५८ हजार ४ सय १० जना विदेशिएका छन्। यसैगरी विदेशमा गएका र बिदामा नेपाल आएर पुन: रोजगारीका लागि जाने र व्यक्तिगततर्फ जानेको संख्या २ लाख ९८ हजार २ सय  रहेको छ। समग्रमा ९ महिनामा वैदेशिक रोजगारीका लागि ६ लाख ५६ हजार ६ सय १० जना बाहिरिएका छन्।

images
images

गत आवको १२ महिनामा रोजगारीका लागि बाहिरिने संख्या ६ लाख ३० हजार ९० जना रहेको थियो। गत आवमा नयाँ कामका लागि म्यानपावरमार्फत जानेको संख्या २ लाख ८६ हजार १ सय ७८ जना रहेको थियो भने विदेशमा गएका र बिदामा नेपाल आएर पुन: रोजगारीका लागि जाने र व्यक्तिगततर्फको संख्या ३ लाख ४३ हजार ९ सय १२ थियो।

वैदेशिक रोजगारीको लागि बाहिरिनेको संख्या गत वर्ष सबैभन्दा बढी थियो। तर अहिले गत वर्षको रेकर्ड यो वर्षको १० महिनामै ब्रेक भएको छ। 

चैतको तुलनामा बैशाखमा विदेशिनेको संख्या घट्यो

चालु आर्थिक वर्षको चैतको तुलनामा बैशाखमा विदेशिनेको संख्यामा कमी आएको छ। चैत महिनामा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या ६१ हजार ४ सय ७८ रहेको थियो। तर बैशाखमा भने बाहिरिनेको संख्या ५४ हजार ४ सय ५७ रहेको छ। बैशाखमा म्यानपावरमार्फत विदेश जानेको संख्या २७ हजार ८ सय ५५ जना रहेको थियो।

कुन महिनामा कति बाहिरिए?

चालु आवको साउनमा ६३ हजार ३९ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्।

विभागका अनुसार भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४ जना नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्।  

यस्तै माघ महिनामा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या ६४ हजार २ सय ८४ छ। साथै फागुनमा ६१ हजार ८ सय ४५ र चैतमा ६१ हजार ४ सय ७८ जना विदेशिएका छन्। बैशाखमा बाहिरिनेको संख्या भने ५४ हजार ४ सय ५७ रहेको छ। यो नै चालु आवको १० महिनामा सबै भन्दा कम युवा विदेशिएको महिना हो।


प्रकाशित : आइतबार, जेठ ७ २०८००९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend