आइतबार, भदौ २३ गते २०८१    
images
images

रिकभर छिटो हुँदा कर्जाको माग बढ्यो, कर्जाको ५० प्रतिशत रकम नेपाल नफर्कने गरी बाहिरियो

images
सोमबार, कात्तिक १५ २०७८
images
images
रिकभर छिटो हुँदा कर्जाको माग बढ्यो, कर्जाको ५० प्रतिशत रकम नेपाल नफर्कने गरी बाहिरियो
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडपछिको सुधार छिटो हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको बताएका छन्।

images
images
images

नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको अन्तर्क्रिया कार्यक्रममा स्प्रिडदर अन्य देशको तुलनामा बढी हुँदा कर्जामा चाप परेको उनले बताए। 

चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक १४ गतेसम्म ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा जारी भइसकेको अधिकारीले बताए।

अधिकारीका अनुसार निक्षेप संकलन भने ७० अर्ब रुपैयाँ मात्रै रहेको छ। बैंकहरूले स्रोतबिनाको रकमबाट लगानी गरिरहेका छन्। साथै बैंकहरूले विगतको बचत रकमबाट पनि कर्जा जारी गरिरहेको अधिकारी बताउँछन्।

images

त्यसमा पनि कर्जा आन्तरिक उत्पादनमा प्रयोग हुनको सट्टा आयातमा बढी प्रयोग भइरहेको छ। कुल कर्जाको ५० प्रतिशत रकम आयातमा खर्च भएको छ। आयातमा खर्च भएको रकम नेपाल नफर्कने गरी गएको कारण पनि तरलता अभाव बढेको उनको भनाइ छ।

‘रेमिट्यान्स रकम पनि घट्यो। रानीतिक असर पनि पर्‍यो। बजेटमा पुनर्विचार भयो’ उनले भने, ‘जसका कारण सरकारी खर्च समयमै हुन सकेन। त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिएको हो।’

तिर्न नसक्नेलाई कर्जा पछि तिर्नसक्ने सुविधा दिए पनि सक्नेले पनि समयमै पुरानो कर्जाको रकम नतिर्दा समस्या आएको अधिकारी बताउँछन्।

अधिकारीका अनुुसार २०७६ चैतदेखि कात्तिकसम्म कर्जाको माग खासै नभए पनि त्यसपछि माग अत्याधिक बढ्दा समस्या आएको हो। २०७६ चैतदेखि अहिलेसम्म १२ खर्ब ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ। तर सोही अनुपातामा निक्षेप संकलन नभएको अधिकारी बताउँछन्।


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend