शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

एनेसेलसँगको सहकार्यमा ग्लोबल शेपर्स कम्युनिटीद्वारा 'शेप साउथ एसिया २०२३' आयोजना

images
images
images
एनेसेलसँगको सहकार्यमा ग्लोबल शेपर्स कम्युनिटीद्वारा 'शेप साउथ एसिया २०२३' आयोजना

शेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका शेपर्सका लागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो।

images
images

काठमाडौंं- ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंंले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा जलवायु परिर्वतनसम्बन्धी 'शेप साउथ एसिया २०२३' आयोजना गरेको छ।

images
images
images

ग्लोबल शेपर्सले जेठ ५ गते देखि ७ गतेसम्म काठमाडौंमा जलवायु परिर्वतनसम्बन्त्री सो सम्मेलन गरेको हो। यस तीनदिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरु गरी १४ देशका १ सय २० भन्दा बढी युवाहरु ‘शेपिङ क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने थिमका साथ यो सम्मेलनमा भेला भएका छन्। सहभागीहरुले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्युनीकरणका नवीन र लागु गर्न सकिने विभिन्न समाधानका उपायहरु प्रस्तुत गरेका छन्।

images

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने युवा तथा संगठनहरुको आवाजलाई एकै ठाउँमा समेट्न, देशको विभिन्न ठाउँमा वातावरण सम्बन्धि गर्न सकिने कार्यहरुको विकास गर्न र जलवायु परिवर्तनको समस्याको समाधानका लागि निजी क्षेत्रबाट प्रतिबद्धता हस्ताक्षरजस्ता विभिन्न कार्यहरुहरु सुरुवात गर्नेगरि शेप साउथ एसिया २०२३ सम्मेलनको आयोजना गरिएको हो।

images

कार्यक्रममा सहभागी राष्ट्रका शेर्पसहरुले आ-आफ्नो पाटोबाट अर्बन पोलिटिक्स देखि उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका बारेमा छलफल गरेका छन्। 

images
images

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्य अनुरुप प्रमुख सहयोगीको रुपमा शेप साउथ एसिया २०२३ मा आबद्ध भएको एनसेलले जनाएको छ।

ग्लोबल शेपर्स कम्युनिटी, वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) अन्तर्गत विभिन्न क्षेत्रमा आधारित युवाहरुको पहल स्वरुप स्थापना भएको कम्युनिटी हो। यसमा आबद्ध ४ सय ५० भन्दा बढी कम्युनिटी हबले विश्वभरी विभिन्न प्रभावकारी कार्यहरु गर्दै आएको छ। शेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका शेपर्सका लागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो।

images

प्रकाशित : आइतबार, जेठ ७ २०८००६:२९

प्रतिक्रिया दिनुहोस