मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

धान, मकै, गहुँलगायतको मूल्य अब उत्पादन हुनुभन्दा पहिले नै तोकिन्छ : कृषिमन्त्री भुसाल

images
शनिबार, जेठ ६ २०८०
images
images
धान, मकै, गहुँलगायतको मूल्य अब उत्पादन हुनुभन्दा पहिले नै तोकिन्छ : कृषिमन्त्री भुसाल

बाँझो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उनले बताए।

images
images

अर्घाखाँची- कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताएका छन्।

images
images
images

मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताए।

images
images

कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन बढाउन सकिने उनको भनाइ छ।

images
images
images

'पहिले खाद्यान्न निर्यात गर्थ्यौँ, अहिले खाद्यान्न आयात गर्छौँ। त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो', उनले भने, 'सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो। तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको छ।'

भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताए। बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तवरको खेती गरिने उल्लेख गर्दै उनले पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायीककरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यता रहेको बताए।

उनले धान, मकै, गहुँलगायतको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने पनि बताए। यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने उनले बताए। रासस


प्रकाशित : शनिबार, जेठ ६ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend