शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

एमसीसी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, परियोजना कार्यान्वयनबारे छलफल

images
शनिबार, जेठ ६ २०८०
images
images
एमसीसी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, परियोजना कार्यान्वयनबारे छलफल

भेटघाटका क्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन तथा समयमै सक्ने गरी काम अघि बढाउन मन्त्रालय र जिल्लाहरुबाट आवश्यक सहयोग हुने आश्वासन दिएका छन्।

images
images

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिला सम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

images
images
images

शिष्टाचार भेटघाटका क्रममा एमसीसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

'मुल रुपमा यो एउटा शिष्टाचार भेटघाट हो। एमसीएअन्तर्गतका परियोजनामा भइरहेका हालका गतिविधिबारे सामान्य कुराकानी भएको छ। परियोजनाका आगामी गतिविधि, मुआब्जा तथा जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयबारे गृहमन्त्रालयबाट हुनसक्ने सहयोगका लागि उनले आग्रह गर्नुभएको छ,' भेटघाटबारे जानकारी दिँदै गृहसचिव दिनेश भट्टराईले भने।

images

मिलेनियम च्यालेन्ज नेपाल अकाउन्टबाट कार्यान्वयन भइरहेका विद्युत् प्रशारणलाइन र सडक बिस्तार आयोजनाको जग्गा प्राप्तिको काम अझै बाँकी छ। मुआब्जा वितरण तथा जग्गा प्राप्तिका काममा प्रमुख जिल्ला अधिकारीहरू संलग्न हुने हुँदा गृह मन्त्रालयबाट त्यसको समन्वयका लागि ब्रुक्सले आग्रह गरेको गृहसचिव भट्टराईले बताए।

images

भेटघाटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन तथा समयमै सक्ने गरी काम अघि बढाउन मन्त्रालय र जिल्लाहरुबाट आवश्यक सहयोग हुने आश्वासन दिएको पनि उनले जानकारी दिए।

मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट विकास समितिमार्फत् करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रशारणलाइन र करिब तीन सय ५ किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ। रासस


प्रकाशित : शनिबार, जेठ ६ २०८००९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend