शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

एनसेलको माई प्लान : सेवाको आवश्यकता अनुसार अब आफैले बन्डल प्याक बनाउन सकिने

images
images
एनसेलको माई प्लान : सेवाको आवश्यकता अनुसार अब आफैले बन्डल प्याक बनाउन सकिने

ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो।

images
images

काठमाडौं- एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएसँगै ग्राहकले यो सुविधान पाउने भएका हुन्।

images
images
images

कम्पनीका अनुसार यस प्लानअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार ग्राहकले आफ्नो प्लान अर्थात् बन्डल प्याक आफै बनाएर सेवा लिन सक्छन्। 

images

ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्।

images

माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्। कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन्।

images
images

माई प्लान ५०० को करसहित ५०० रूपैयाँ पर्दछ र यसमा ग्राहकले ५०० रूपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्छन्। त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले ५०० रूपैयाँभन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने एनसेलले जनाएको छ। 

साथै प्लानमा पाइने सेवाहरु बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ। माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मूल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ। माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्छन्।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विषेश सुविधाले कर्पोरेट ग्राहकहरुलाज्ई ठूलो महत्व राख्दछ। एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्छन्।

images

प्रकाशित : शनिबार, जेठ ६ २०८००६:२४

प्रतिक्रिया दिनुहोस