बिहीबार , वैशाख १३ गते २०८१    
images
images

बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने

images
images
images
बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने
images
images

काठमाडौं- सरकारले बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने नीति लिएको छ। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको आगामी वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने विषय समावेश गरिएको छ।

images
images
images

उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्‍ने कानूनी व्यवस्थालाई एकीकृत गर्दै नयाँ औद्योगिक विकास ऐन तर्जुमा गरिने विषयमा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

images

साथै कार्यक्रममा आत्मनिर्भर हुनसक्ने वस्तु तथा सेवा उत्पादन गर्ने सम्भावित उद्योगहरू पहिचान गरी त्यस्ता उद्योगहरूको विकास र स्थायित्वका लागि नीतिगत प्रबन्ध उल्लेख छ। नीति तथा कार्यक्रममा स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियानलाई सहयोग पुर्‍याउने विषय पनि उल्लेख छ। 

images

images

प्रकाशित : शुक्रबार, जेठ ५ २०८००१:३९

प्रतिक्रिया दिनुहोस