शनिबार, जेठ ५ गते २०८१    
images
images

बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न, सगरमाथा र ल्होत्से हिमाल सफाइ जारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ५ २०८०
images
images
बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न, सगरमाथा र ल्होत्से हिमाल सफाइ जारी

यता सगरमाथा र ल्होत्से हिमालको सफाइ जारी रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

images
images

काठमाडौं- नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाइ अभियान सम्पन्‍न भएको जनाएको छ ।

images
images
images

सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगीसहितको टोलीले बरुञ्‍चे हिमालको आधार शिविरबाट संकलित कुहिने तीन हजार ५० किलो फोहर गत वैशाख ३० गते एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई हस्तान्तरण गर्‍यो।

images

उक्त टोलीले सङ्कलन गरेको नकुहिने १५ हजार चार सय ७० किलो फोहर काठमाडौं ल्याई आज राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशकका सहायक रथी सुन्दरकुमार पाण्डेले फोहर व्यवस्थापनसम्बन्धी कम्पनीका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए।

images
images

गत बैशाख २७ गते सफा हिमाल अभियानअन्तर्गत अन्‍नपूर्ण हिमालबाट संकलित फोहर हस्तान्तरण भइसकेको छ। यता सगरमाथा र ल्होत्से हिमालको सफाइ जारी रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यो अभियान विश्व वातावरण दिवसमा समापन हुनेछ।

images
images

यसैबीच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको पार्थिव शरीरलाई नेपाली सेनाको हेलीकोप्टरद्वारा उनको गृहजिल्ला सङ्खुवासभा पुर्‍याइ पोष्टमार्टमपश्चात परिवारजनलाई बुझाइएको छ।

सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ।  


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend