मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

लिजमा दिइएका सरकारी जग्गाको अनुगमन गरिने

images
शुक्रबार, जेठ ५ २०८०
images
images
लिजमा दिइएका सरकारी जग्गाको अनुगमन गरिने
images
images

काठमाडौं- सरकारले लिजमा दिइएको सरकारी जग्गा उद्देश्यअनुसार प्रयोग भए-नभएको अनुगमन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका छन्। 

images
images
images

शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई संबोधन गर्दै राष्ट्रपतिले उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी पुनरावलोकन गरिने बताए।

images
images

विपन्न परिवारका लागि वडास्तरमा सहुलियत पसल स्थापना गरिने बताए। लगानी योग्य पुँजी अभावमा उद्यमशिलता नरोकिने गरी नीति तर्जुमा गरिने बताए। औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन विदेशस्थित कुटनीतिक नियोगलाई प्रयोग गरिने उनले बताए।

images
images
images

हेटौंडा कपडा उद्योग, गोरखकाली रवर उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उनले बताए। नीति तथा कार्यक्रम प्रधानमन्त्री कार्यालयले लेख्छ। राष्ट्रपतिले मन्त्रीपरिषद्बाट पारित नीति तथा कार्यक्रम पढ्दै उद्योगलाई सस्तो बिजुली उपलब्ध गराइनेसमेत बताए।


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend