शनिबार, जेठ ५ गते २०८१    
images
images

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

images
शुक्रबार, जेठ ५ २०८०
images
images
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको उनले बताए।

images
images
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन्।
 
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई  सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए। अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको उनले बताए।
 
उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए। विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौँ नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ।
 
राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको उनले बताए। सार्वजनिक सेवा प्रवाहमा सुधार आएको उनको भनाइ छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend