शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

काठमाडौं महानगरमा घरबहाल विवरण लिएर आउनेको सङ्ख्या नगन्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ५ २०८०
images
images
काठमाडौं महानगरमा घरबहाल विवरण लिएर आउनेको सङ्ख्या नगन्य

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरघनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन। घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि कामपाले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेको थियो।
 
निर्देशिका जारी गरेको तीन महिना बितिसक्दा पनि घरधनी विवरण लिएर नगन्य मात्रामा मात्रै आउने गरेको कामपाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए। उनका अनुसार घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ। यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि गरिएको प्रयास अझै प्रभावकारी हुन सकेको छैन।

images
images
images

यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्ने कानूनी व्यवस्था नै छ। राजस्व विभागका अनुसार अहिले तीन-चार दिनमा एक-दुई जनामात्रै विवरण बुझाउन आउने गरेका छन्।

विभाग प्रमुख काफ्लेका अनुसार हाल महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन्। यी सबैलाई करको दायरामा ल्याउने कामपाको तयारी छ। कामपाभित्रका सबैलाई करको दायरामा ल्याउने योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिकासँगै ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरेको थियो। 

images

घरबहाल विवरण बुझाउनेले घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ। विवरण लिएर आउनेको सङ्ख्या कम भए पनि यही जेठ र असार महिनामा उक्त सङ्ख्या बढ्ने कामपाले विश्वास लिएको छ।  

images

निर्देशिकामा भएको व्यवस्था 

निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएको बारेकोे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ। लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरघनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ।

सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ। निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख हुनुपर्छ। निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्छ।

भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउन सकिने व्यवस्था निर्देशिकामा छ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्छ। बहालमा बस्नेले घर छाड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्ने छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ५ २०८००४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend