मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली शरणार्थी प्रकरण

images
बिहीबार , जेठ ४ २०८०
images
images
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

उनी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

images
images

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।

images
images
images

रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पक्राउ गरेको हो।

images
images

भुटानी शरणार्थीको पक्षमा वकालत गर्दै आएका नेता रिजालको पनि नक्कली शरणार्थी प्रकरणमा संलग्नता रहेको देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो। उनी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

images
images
images

आज नै प्रहरीले गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो। हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको पाइएपछि उनी पनि अनुसन्धानमा तानिएका हुन्।

यस प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, नरेन्द्र केसी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी लगायत प्रहरी हिरासतमा छन्।


प्रकाशित : बिहीबार , जेठ ४ २०८०१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend