काठमाडौं-ज्योति लाइफ इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको छ। प्रस्ताव साधारण सभाबाट स्विकृत भएर बिमा समितिले सहमती दिएपछि सेयरधनीले लाभांश पाउने छन्।