मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा लगातार सुधार, ३२ अंकले बढ्दा झन्डै डेढ अर्बको कारोबार

बिहीबार , जेठ ४ २०८०
सेयर बजारमा लगातार सुधार, ३२ अंकले बढ्दा झन्डै डेढ अर्बको कारोबार

बिहीबार ३२.३० अंकले बढेर बजार १८७७.३२ बिन्दुमा पुगेको छ। बिहीबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। २०४ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ४७ करोड ४७ लाख रूपैयाँको कारोबार भएको छ। 

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा केही दिनयता लगातार सुधार देखिएको छ। मंगलबार र बुधबार बढेको बजारमा साताको अन्तिम कारोबारमा पनि सुधार देखिएको हो। 

बिहीबार ३२.३० अंकले बढेर बजार १८७७.३२ बिन्दुमा पुगेको छ। मंगलबार र बुधबारको तुलनामा बिहीबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। २०४ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ४७ करोड ४७ लाख रूपैयाँको कारोबार भएको छ। बजारमा ११ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको भने स्थिर रह्यो।

यो साताको पहिलो र दोस्रो कारोबारमा ओरालो लागेर मंगलबार ३.२९ अंकले बढेको बजारमा बुधबार र बिहीबार पनि सुधार देखिएको हो। मंगलबार ३.२९ अंकले बढेर १८२१.६० बिन्दुमा पुगेको बजारमा ६४ करोड ११ लाख रूपैयाँको कारोबार भएको थियो भने बुधबार २३.३९ अंकले बढेर बजार १८४५.०१ बिन्दुमा पुग्दा ८५ करोड ७६ लाखको कारोबार भएको थियो। 

आइतबार १६.६९ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको बजारमा ९० करोड रूपैयाँको कारोबार भएको थियो भने सोमबार ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा झरेको बजारमा ७२ करोड ४९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको थियो।

यो साता मंगलबार सामान्य वृद्धि देखिएको बजार बुधबार र बिहीबार दोहोरो अंकले बढेको हो। 

आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा आउँदै छ भने सरकारले नीति तथा कार्यक्रम शुक्रबार संसदमा पेश गर्दैछ। नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक विषय आउने आशामा लगानीकर्ता पनि थामिएका छन्। जसका कारण सेयर बजार पछिल्लो तीन दिनदेखि सुधारमा छ।

यता ब्याजदरसमेत घट्दो ट्रेण्डमा देखिएको छ। सोही कारण पनि बजार सकारात्मक बन्ने तरखरमा देखिएको छ। सेयर बजारको खास प्रभाव मौद्रिक नीतिपछि पर्ने भए पनि लगानीकर्ताहरू बजेटमा समेत केही नीतिगत सुधार आउनेमा आशावादी हुँदा केही सकारात्मक देखिएको विश्लेषण गरिएको छ। 


प्रकाशित : बिहीबार , जेठ ४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend