काठमाडौं- साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि तोलामा १ सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोदा १२ सय ४५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।