शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

भारतको सहयोगमा दुई परियोजना निर्माण हुने, ८ करोड लगानी अनुमान

images
बिहीबार , जेठ ४ २०८०
images
images
भारतको सहयोगमा दुई परियोजना निर्माण हुने, ८ करोड लगानी अनुमान

रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो। दुवै परियोजनामा कुल आठ करोड ३३ लाख रूपैयाँ लगानी हुने अनुमान गरिएको छ।

images
images

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ। 

images
images
images

स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो। 

रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो। दुवै परियोजनामा कुल आठ करोड ३३ लाख रूपैयाँ लगानी हुने अनुमान गरिएको छ।

images

परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ। रासस

images


प्रकाशित : बिहीबार , जेठ ४ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend