मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

स्थलमार्गबाट नेपाल आउने विदेशी पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न महासंघ अध्यक्ष ढकालको आग्रह 

images
बिहीबार , जेठ ४ २०८०
images
images
स्थलमार्गबाट नेपाल आउने विदेशी पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न महासंघ अध्यक्ष ढकालको आग्रह 

पर्यटकले दु:ख पाउँदा नराम्रो सन्देश जाने र नेपालप्रति नकारात्मक धारणा बन्नसक्ने उनको भनाइ छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थलमार्गबाट नेपाल आउने विदेशी पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न सरकारसँग आग्रह गरेका छन्। 

images
images
images

स्थलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल-भारत सिमानाकाहरुमा दु:ख पाएको गुनासो आएको भन्दै उनले सरकारी निकायहरुबीच समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेका हुन्।

images
images

'हाम्रा विभिन्न सरकारी निकायहरुबीच समन्वय नहुँदा पर्यटकहरुले विभिन्न किसिमका झमेला झेल्नु परेको गुनासो आइरहेको छ। अर्थ, गृह र पर्यटन मन्त्रालयहरुबीच समन्वयको अभावमा यो समस्या देखिएको हो', अध्यक्ष ढकालले भने, 'यो ठूलो समस्या होइन। यसलाई दुईदिन वा हप्ता दिनभित्रै समाधान गर्न सकिन्छ। यसको तत्काल समाधान गर्न म मन्त्रीज्यूलाई गर्न चाहन्छु।'

images
images
images

पर्यटकले दु:ख पाउँदा नराम्रो सन्देश जाने र नेपालप्रति नकारात्मक धारणा बन्नसक्ने उनको भनाइ छ।

बिहीबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले हरेक प्रदेशमा ठूला र नमूना पर्यटकीय गन्तब्यहरु निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह समेत गरे।

काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरु सातवटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाइँलाई दोब्बर गर्न सकिने उनले बताए।

उनले नेपाल-भारत सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तब्यहरु भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राखे। 

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरे।


प्रकाशित : बिहीबार , जेठ ४ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend