मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

images
बिहीबार , जेठ ४ २०८०
images
images
नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको पाइएपछि उनी पनि अनुसन्धानमा तानिएका हुन्।

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

images
images
images

सिंहदरबार परिसरबाट बिहीबार उनी पक्राउ परेका हुन्। उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ।

images
images

हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको पाइएपछि उनी पनि अनुसन्धानमा तानिएका हुन्।

images
images
images

ठगी गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनी सम्पर्कविहीन थिए। प्रहरीले उनको खोजी सुरु गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १५ पुगेको छ। यस प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, नरेन्द्र केसी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी लगायत प्रहरी हिरासतमा छन्।

पक्राउ परेका १४ जनालाई नै बुधबार थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।


प्रकाशित : बिहीबार , जेठ ४ २०८००७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend