शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सहकारीका ७३७ बचतकर्ताले प्रहरीमा बुझाए कागजात, ठगी मुद्दा दायर गर्ने तयारी

images
बिहीबार , जेठ ४ २०८०
images
images
सहकारीका ७३७ बचतकर्ताले प्रहरीमा बुझाए कागजात, ठगी मुद्दा दायर गर्ने तयारी

प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै २६ करोड रूपैयाँ निक्षेप संकलन गरेको देखिएको छ।

images
images

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

images
images
images

जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मंगलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए।

'यो सहकारीका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ', उनले भने, 'कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेश गर्न भनेका हौँ।'

images

जिल्ला प्रहरी कार्यालयको मूल गेटमा कागजात बुझाउने बचतकर्ताको बुधबारदेखि भीडभाड छ। प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै २६ करोड रूपैयाँ निक्षेप संकलन गरेको देखिएको छ। गत माघयता सहकारी सञ्चालक सम्पर्क बाहिर रहेका छन्। सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरेका छन्।

images

'यहाँ मार्टबाहेक अन्य घर जग्गा कारोबारमा लगानी भएको पनि देखिएन', एसपी थापाले भने, 'अब कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँछौँ।'

प्रहरीमा बचतकर्ताले फेसबुक, रकम जम्मा गरेका कागजात र नागरिकताको प्रतिलिपिलगायतका कागजात पेश गरिरहेका छन्। यहाँ गत माघको तेस्रो साता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए।

उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न पहल गरिदिन आग्रह गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , जेठ ४ २०८००४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend