मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

राजस्व नतिर्नेमाथि छानबिन हुने

images
बुधबार, जेठ ३ २०८०
images
images
राजस्व नतिर्नेमाथि छानबिन हुने

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिबी क्षेत्रीले कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

images
images

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ। 

images
images
images

अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए।

images
images

उनीहरु व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ। यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा. क्षेत्रीको भनाइ छ।

images
images
images

त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महशुल करिब ४९ लाख रूपैयाँ बक्यौतामा राखेको नेपाल विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. क्षेत्रीले राजस्वका विषयमा छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ ३ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend