मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

एफएनसीसीआईको सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

images
बुधबार, जेठ ३ २०८०
images
images
एफएनसीसीआईको सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा चयन भएका शक्तिकुमार वेगानी हाल एक दर्जनभन्दा बढी व्यावसायमा संलग्न रहेका छन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई सो समितिमा चयन गरेका हुन्।

images
images
images

सूचना तथा प्रविधि क्षेत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घरानाभित्र पर्छन्। दुई पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन्। उनी हाल एक दर्जनभन्दा बढी व्यावसायमा संलग्न रहेका छन्। 

images
images

‘मेरो कार्यकालमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ’, उनले भने, ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ।’

images
images
images

यसअघि महासंघको बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको उपाध्यक्ष भइ उनले सफल कार्यकाल पूरा गरिसकेका छन्। 

मनोनयको प्रमाणपत्र वितरण गर्दै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोगसहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने बताए।


प्रकाशित : बुधबार, जेठ ३ २०८०१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend