शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नक्कली शरणार्थी प्रकरण : नेता खाण र रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

images
बुधबार, जेठ ३ २०८०
images
images
नक्कली शरणार्थी प्रकरण : नेता खाण र रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले बुधबार यस प्रकरणमा हालसम्म पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

images
images
images

काठमाडौं जिल्ला अदालतले बुधबार यस प्रकरणमा हालसम्म पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रक्रणमा मुछिएपछि खाणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका तत्काली गृहसचिव टेकनारायण पाण्डेले खाणकै सल्लाह तथा सहयोगमा आफूले काम गरेको उल्लेख गरेपछि खाणलाई प्रहरीले पक्राउ गरेको हो।

images

पक्राउ पुर्जी जारी भएदेखि फरार रहेका नेता रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको थियो। नेता रायमाझीविरुद्ध २० बैशाखमा पक्राउ पुर्जी जारी भएको थियो। उनका छोरा सन्दीप भने पक्राउ पुर्जी जारी भएलगत्तै पक्राउ परेका थिए।

images

हालसम्म प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ। नेता खाण र रायमाझीसहित उनका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, नरेन्द्र केसी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ। उक्त घटनाका पीडितहरुले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख गरेका छन्। 


प्रकाशित : बुधबार, जेठ ३ २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend